Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कांग्रेसमा फुट आउँछ भनेर कल्पना पनि नगरे हुन्छः महामन्त्री शर्मा


286
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताउनुभएको छ।

पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी भित्र मतभेद चर्किरहेकाे समयमा उहाँको यस्तो प्रतिक्रिया बाहिर आएको हो । शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीले राखेकाे जिज्ञासाको जवाफ दिंदै महामन्त्री शर्माले पार्टीभित्र फरक मत विगत र भविष्यमा पनि रहने तर्क गर्दै त्यसैको आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने बताउनुभयो । उहाँले महाधिवेशन निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवादको टुंगो लगाउन महासमिति सदस्यहरुको सुझावलाई निर्णयको आधार बनाउन सकिने बताउनुभएकाे छ।

महाधिवेशन प्रतिनिधि वा केन्द्रीय समितिको सुझावलाई नमान्ने हो भने महासमितिको सुझावको आधारमा महाधिवेशनको मितिकाे बारेमा टुंगो लगाउन उपयुक्त हुने उहाँको भनाइ थियो । महामन्त्री शर्माले आफूहरुले वीपी कोइरालाले राष्ट्रिय मेलमिलाप नीतिको समय पारेर आगामी पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रस्ताव गर्न जोड दिएको समेत बताउनुभयो ।