Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


एसले पार्टी एकताकाे निर्णय गरेपछि माओवादी केन्द्रकाे सचिवालय बैठक आज बस्दै


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे सचिवालय बैठक शनिबार बस्ने भएकाे छ।

साेही बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दउँसाे ३ बजे बस्ने भएकाे माओवादीले जनाएकाे हाे। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टी एकताकाे बारेमा गरेको निर्णयको माओवादीले स्वागत गरेको छ। माओवादीका नेता हरिबोल गजुरेलले वामपन्थी एकताको शुरुवात भएको दावी गर्नुभएकाे हाे।

उहाँले समाजवादी पार्टीले बहुमतको आधारमा एकताको निर्णय गरेको उहाँकाे भनाइ छ। पार्टी एकतासहित समग्र राजनीतिक घटनाक्रमकाे बारेमा समीक्षा गर्न शनिबार सचिवालय बैठक बस्न लागेको उहाँले बताउनुभयाे ।