Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


माधव नेपाल पक्षले आज माओवादी संयाेजक दाहालसहित शीर्ष नेतासँग भेट्दै

सम्मानित नेता खनाल पक्षकाे आजै छुट्टै बैठक बस्दै

3.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षले शनिबार नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालसहित शीर्ष नेतासँग भेट्ने भएकाे छ।

समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयलाई शुक्रबारको पार्टीकाे केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेकाे हाे। अध्यक्ष नेपाल पक्षले शनिबार दिउँसाे ३ बजे संयाेजक दाहालसहित माओवादी केन्द्रका शीर्ष नेतासँग भेट्ने भएका छन् ।

साेही एकता अस्वीकार गरेका सम्मानित नेता झलनाथ खनाल पक्षले शनिबार दिउँसाे १ बजे नै अलग्गै भेला बोलाएको छ। नेता खनाल पक्षका एक नेताका अनुसार शनिबार दिउँसाे १ बजे धुम्बाराही, सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भेला बोलाइएको छ ।

साेही भेलामा आधा दर्जन पदाधिकारीसहित १ सय ५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी हुने दावी गरिएकाे छ।