काठमाडाैं । उर्जा, जलस्राेत तथा सिंचाई मन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ।
ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनुभयो । आयोगका अनुसार ९० प्रतिशत सुझावहरु सरकारले कार्यान्वयन नगरेको गुनासो आएको उहाँकाे जानकारी गराउनुभएकाे छ।
मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसकाे बारेमा कुरा राख्ने बताउनुभयाे।




प्रतिक्रिया दिनुहोस्