Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जेनजी युवाकाे आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प छैन: उपसभापति वाग्ले


234
Shares

काठमााडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी युवाकाे आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

काठमाडाैंमा शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागठत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो।उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उहाँको भनाइ छ। उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्याकमा ल्याउनुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे।

Skip This