Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न काठमाडौं महानगरकाे आग्रह


533
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई आग्रह गरेकाे छ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न आग्रह गरेकाे हाे।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म आफ्नाे घरबाट निस्कासन हुने फोहोर मैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेकाे छ।