Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


श्रीमती रञ्जितासँगकाे विवादका कारण रेशम नयाँ दल दर्ता गर्न पुगे

औपचारिक रूपमै नाउपा फुट्यो, नयाँ दलकाे अध्यक्षमा कबीर

1.8k
Shares

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाेडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

चौधरीले बिहीबार आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्नुभएकाे हाे । एउटै पाेशाकमा सजिएर चाैधरीसहित अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

नेताहरूका अनुसार यी नेताहरूले दर्ता गरेको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुने भएका छन् । जनमत पार्टीबाट मन्त्री समेत भएका खानले करिब एक महिना अगाडि पार्टी छोड्नुभएकाे थियाे। यता श्रीमती रञ्जिता श्रेष्ठ चाैधरीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गर्नुभएकाे थियाे।

तर उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनपछि पार्टी छाेडेको घोषणा समेत गर्नुभएकाे थियाे।

Skip This