Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बैतडीमा भीरबाट लडेर ३ जनाको मृत्यु


468
Shares

काठमाडाैं । बैतडीमा भीरबाट लडेर ३ जनाको मृत्यु भएको छ।

मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएकाे हाे।बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भीरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ। शिवनाथ–६ ओल्या भीर भन्दा करिब ५ सय मिटर तल भीमको शव फेला परेको हो ।

इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी हरुलीको खोजी गर्दा भीरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरीले बताएकाे छ। न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएकाे छ।


साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको हाे ।