Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


खगेन्द्र सुनारविरूद्ध मुद्दाकाे थुनछेक बहस सकियाे, आदेश आउन भने बाँकी


1.2k
Shares

काठमाडाैं । खगेन्द्र सुनारविरूद्धकाे मुद्दाकाे बिहीबार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बयान र थुनछेक बहस सकिएको छ।

तर, आदेश आउन भने बाँकी रहेकाे अदालतले जनाएकाे हाे । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द अभिव्यक्ति दिएकाे आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पूर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको साेही अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले बताउनुभयाे।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा सुनारमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएका कारण ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेका कारण प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा २०८२ सालको साउनमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो । त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा सुनारको नाम समेत सिफारिस भएको थियो । सुनारमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।