Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


काठमाडौंबाट धनगढी जाँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना : एकको मृत्यु, ५ जना घाइते


1.8k
Shares

काठमाडौं । काठमाडाैंबाट धनगढीतर्फ जाँदै गरेकाे बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

सोही क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पैदल यात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।