Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


बालुवाटारमाभित्र त्रिपक्षीय बैठक, बाहिर जेनजी युवा धर्नामा


1.6k
Shares

काठमाडौं । आगामी निर्वाचनको वातावरण प्रयास स्वरुप बुधबार बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा सहभागी हुन पाउनुपर्ने माग गर्दै जेनजीको एक समूहले बालुवाटार बाहिर धर्ना दिइरहेको छ ।

बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठक बसिरहेको हो । त्रिपक्षीय बैठकमा जेनजीको तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् । तर जेनजीकै एक समूह भने बैठकमा सहभागी हुन नपाएको भन्दै बालुवाटार बाहिर धर्नामा छन् ।

जेनजी युवाहरुले आफूहरू पनि बैठकमा सहभागी हुन पाउनुपर्ने माग गर्दै बालुवाटार बाहिर धर्ना दिइरहेका छन्।