Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नेपालमा अब सामाजिक सञ्जाल बन्द हुँदैन: सञ्चारमन्त्री खरेल (तस्बिरसहित)


819
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएकाे छ ।

सिंहदरबारमा बुधबार डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थाहरूसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएका कारण सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभधएकाे हाे।छलफलका क्रममा अनलाइन टिभी सञ्चालक साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो समेत गरेका थिए ।

सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उहाँकाे तर्लेक छ। बताए । नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको बताउदै उहाँले सदैव प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयाे।अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै शुरु गर्न मन्त्रिपरिषदमा नियमावली पेश गरेर पारित हुने पनि उहाँले जानकारी गराउनुभयाे।

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने मन्त्री खरेलको भनाइ थियाे ।