Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको अध्यक्ष नेपालकाे आराेप


7k
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेपालको सबै भन्दा अहंकारी प्रधानमन्त्री भएको आराेप लगाउनुभएकाे छ।

काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा बोल्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे। अध्यक्ष नेपालले एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएकाे भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नुबाहेक अरु केही नभएको समेत बताउनुभयो।

एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको ओलीको सामु लम्पसार पर्ने र आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै उहाँले त्यसै कारण आफूहरुले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको बताउनुभएकाे छ।

अध्यक्ष नेपालले ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताहरुकै समयमा नेकपा एस निर्माण गर्नुपरेको समेत बताउनुभयो ।