काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।
छापावाला सुनको मूल्य बुधबार ७ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे। यस अघि मंगलबार सुन तोलामा २ लाख ३७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे। तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ।
तर यसैबीचमा बुधबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९ सय ६५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे हाे। यस अघि मंगलबार प्रति तोला २ हजार ९ सय २० रुपैयाँ कायम भएकाे थियाे।




प्रतिक्रिया दिनुहोस्