काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ।
बैठक केही बेरअघि मात्रै मिराकल पार्टी भेन्यू सुकेधारामा शुरु भएकाे हाे । बैठकमा शुरूमा पार्टी अध्यक्ष माधव कुमार नेपालले विकसित राजनीतिक घटनाक्रमकाे बारेमा ब्रिफिङ गर्नुभएकाे छ। साेही बैठक शुक्रबारसम्म संचालन हुने एकीकृत समाजवादीले जनाएकाे हाे ।
अध्यक्ष नेपाल माओवादी केन्द्रसँग एकता गर्न हतारिनुभएकाे छ। तर, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ठूलो पंक्ति एकताकाे विपक्षमा उभिएकाे छ। उनीहरूले पार्टी पुनर्गठनलाई जोड दिएकाे जनाइएकाे छ।




प्रतिक्रिया दिनुहोस्