Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


एकै दिनमा १४ सय अफगान शरणार्थी स्वदेश फिर्ता


1.7k
Shares

एजेन्सी । छिमेकी इरान र पाकिस्तानबाट कुल १ हजार ३ सय ८२ अफगान शरणार्थी परिवारका ७ हजार ९ सय ६९ व्यक्तिहरू साेमबार आफ्नो मातृभूमि फर्केका छन्।

अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले मंगलबार स्वदेश फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको जनाएको हाे। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ को सुरुदेखि ७ लाख भन्दा बढी अफगानीलाई पाकिस्तानबाट र २० लाख भन्दा बढीलाई इरानबाट निष्कासन गरिएको छ ।

करिब ६० लाख अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजातविहीन भएका छन् । उनीहरु हाल विदेशमा रहेकाे जनाइएकाे छ। अधिकांश इरान-पाकिस्तानमा बसिरहेको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले जनाएको हाे ।