Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


केन्यामा विमान दुर्घटना: १२ जनाको मृत्यु


845
Shares

एजेन्सी। केन्याको तटीय काउन्टी क्वालेमा मंगलबार विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ।

केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सीसीए विमान दुर्घटना ग्रस्त भएको पुष्टि गरेको हाे। विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता लगाउनका लागि अनुसन्धान भइरहेको केसीएएले जनाएको छ।

मासाई मारा नेसनल रिजर्भ तर्फ जाँदै गरेका विमानमा सवार पर्यटक यात्रुहरूको दुर्घटनामा मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका हुन् । विमान मोम्बासा र देशका अन्य लोकप्रिय पर्यटकीय गन्तव्यहरूबीच सञ्चालन गर्ने एयरलाइन्सको भएको केसीएएले जनाएकाे छ।