काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई यात्रामा काठमाडाैं उपत्यका बाहिर जान रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानूनी भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा, काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट अदालतमा पेश गरेका हुन् ।
रिट दर्ताको विषयमा अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको हाे।




प्रतिक्रिया दिनुहोस्