Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


आगामी निर्वाचनमा भाग नलिए राजनीतिक दल बहिर्गमन हुने छन्: आयुक्त भण्डारी

सामान्य त्रुटिले पनि निर्वाचन बिथोलिन सक्ने

2.2k
Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनमा भाग नलिए राजनीतिक दलहरू मुलुकमा गर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुने जनाएकाे छ।

आयोगमा मंगलबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताउनुभएकाे हाे । नेकपा एमाले लगायतका केही दलहरूले निर्वाचनप्रति देखाएको बेवास्तालाई उहाँले संकेत गर्दै तोकिएको प्रतिनिधि सभा सदस्यको अग्रिम निर्वाचन अर्थात् परिस्थितिले उब्जिएको निर्वाचन भन्नुपर्ने अवस्था रहेकाे बताउनुभयाे। यो अवस्थालाई विश्लेषण गर्दै जनताको मतबाट हामीले बाहिर रहेर प्रतिस्पर्धा गरेनौ भने मुलुकमा राजनीतिक रूपमा गर्नुपर्ने योगदानबाट बहिर्मुखी हुने उहाँकाे तर्क छ।

उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तीव्र गतिमा काम गरिरहेको र सामान्य भन्दा सामान्य त्रुटिले पनि निर्वाचन बिथोलिन सक्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्नेमा उहाँकाे जाेड थियाे। आयोगले निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई चुनौती भयो भनेर प्रचार गर्ने गरिए पनि आयोगले त्यो चुनौतीलाई अवसरका ग्रहण गरेको उहाँकाे भनाइ छ।

आयुक्त भण्डारीले आयोगले सबै राजनीतिक दलसँग छलफल गर्ने र सुझाव लिने भन्दै सबैको सुझावबाटै आयोग अघि बढ्ने र निर्वाचन गराउने प्रयत्नमा लागेको दावी गर्नुभयाे।

Skip This