काठमाडाैं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच भेटवार्ता भएको छ ।
भर्खरै प्रधानमन्त्री बन्नुभएकी ताकाइचीसँग राष्ट्रपति ट्रम्पले आज बिहान टोकियोमा भेटवार्ता गर्नुभएको हो । भेटमा जापान–अमेरिकी गठबन्धनलाई सुदृढ पार्दै अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल भएको बताईएको छ ।
भेटका क्रमका ताकाइचीले मध्य पूर्वमा शान्ति प्रवद्र्धनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्ध विश्वको सबैभन्दा ठूलो गठबन्धन बनेको उल्लेख गर्नुभएकोे थियो ।
ट्रम्पले आजै कानागावा प्रान्तको योकोसुकामा रहेको अमेरिकी सैन्य अड्डा भ्रमण गर्नुहुनेछ । पाँचदिने एसिया भ्रमणको क्रममा जापान पुग्नुभएका ट्रम्पलाई राजकिय स्वागत गरिएको थियो ।
राष्टपति ट्रम्प बुधवार एशिया–प्रशांत आर्थिक सहयोग (ए.पी.इर्.सी) सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाका लागि जाने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया दिनुहोस्