Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौँमा सभा र र्याली गर्ने


481
Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कात्तिक २० गते काठमाडौँमा प्रदर्शन र सभा गर्ने घोषणा गरेका छन् ।

विप्लवले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत ‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो’ भन्दै स्वाधीनता र समाजवादका पक्षमा उभिन आह्वान गरेका छन् ।

पार्टीका नेता सन्तोष बुढामगरका अनुसार जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टीको धारणा जनतामाझ पुर्‍याउने उद्देश्यले उक्त सभा आयोजना गर्न लागिएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरू सहभागी हुने र्याली तथा सभामा करिब १० देखि १५ हजार मानिसको सहभागिता हुने अनुमान गरिएको छ । प्रदर्शन र सभास्थल भने अझै तय भएको छैन ।