Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शिवनाथमा जात्राको लागि चार दिन सार्वजनिक बिदा


182
Shares

काठमाडौं ।

बैतडीको शिवनाथ गाउँपालिकाले चार दिनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने मेला (जात्रा)को अवसरमा बिदा दिइएको हो।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कात्तिक ११ र १२ गते शिवनाथ मन्दिरमा, तथा कात्तिक १८ र १९ गते देहीगडा मन्दिरमा मेला लाग्ने भएकाले ती चार दिन सार्वजनिक बिदा रहनेछ।

बिदाका दिन गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्। मेलामा नेपालका साथै भारतका भक्तजनहरू समेत सहभागी हुने गर्दछन्।

Skip This