Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


देउवा दम्पती आज सिंगापुर जाँदै


1.8k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।

उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्। गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।

जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।

देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको बताएका छन् ।