Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


कम्बोडिया–थाइल्याण्डबीच सीमा विवाद अन्त्यको सम्झौता


845
Shares

काठमाडाैं । थाइल्यान्ड र कम्बोडियाले सीमा क्षेत्रको संघर्ष समाप्त गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले मलेसियामा संयुक्त ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका हुन् ।

थाइल्यान्ड र कम्बोडियाबीच गत महिना एउटा मन्दिरको विवादमा पाँच दिनसम्म युद्ध चलेको थियो । जसमा ४८ जनाको मृत्यु भएको थियो । सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मानिसहरूले असम्भव मानिरहेको विषयलाई आफूले सम्भव तुल्याएको दाबी गर्नुभयो ।

युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्यान्ड र कम्बोडियासँग व्यापार सम्झौताहरूमा हस्ताक्षरका लागि दस्तावेज उनीहरूलाई दिएको छ ।

दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति ट्रम्प आज विहान क्वालालम्पुर पुग्दा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रेड कार्पेट ओछ्याएर स्वागत गर्नुभएको थियो ।

आसियानमा दक्षिण–पूर्वी एसियाका १० देशहरू सदस्य छन् । जहाँ व्यापार, सुरक्षा, शिक्षा र संस्कृति जस्ता मुद्दाहरूमा छलफल हुनेछ ।