Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


जेनजी प्रदर्शनमा प्रहरी हत्या : थप ५ जना पक्राउ


897
Shares

काठमाडौँ । प्रहरी हत्याको आरोपमा थप पाँच जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

जेनजी आन्दोलनको क्रममा असई मिलन राय र जवान उत्तम थापाको हत्या गरिएको थियो । यसअघि चार जना प्रहरी हत्याको आरोपमा पक्राउ परेका थिए । उनीहरू पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।