Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


थापाथलीका अवैध संरचनामाथि महानगरले चलायो डोजर


8.1k
Shares

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ।

महानगरपालिका-१९ स्थित थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने सडक छेउमा बनेका नक्सापासबिनाका संरचनामाथि डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुरनाथ पाण्डेले जानकारी दिनुभएकाे छ।

गुठीसँगको समन्वयमा संरचनामाथि डोजर चलाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयाे।