Logo ९ कार्तिक २०८२, आइतबार | Sun Oct 26 2025


आइतबार सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११ हजार ६ सयले घट्यो


10.6k
Shares

काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँ कायम छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । कात्तिक ३ गते चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।