Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


ओली सरकारले देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखायो : दुर्गा प्रसाईँ


10.4k
Shares

काठमाडौँ ।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ।”

उनले थप लेखेका छन्, “वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।”प्रसाईँले यसअघि विभिन्न आन्दोलन र अभिव्यक्तिहरूमार्फत सरकारले जनताको माग र असन्तुष्टि सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन् ।