Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


520
Shares

सोलुखुम्बु ।

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप करिब पाँच सय मिटर तल खसेको थियो। घटनास्थलमै तीन जना महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विवरण खुलेको छैन। सवारी चालक बोल्न नसक्ने अवस्थामा फेला परेका कारण घाइतेको संख्या र यात्रुहरूको विवरण पहिचान हुन बाँकी छ।

मृतकहरूको पहिचान पनि खुल्न सकेको छैन। प्रहरीका अनुसार उक्त बोलेरो सोलुखुम्बुको महाकुलुङतर्फ जाँदै थियो। त्यसैले मृतक र घाइतेहरू पनि सो क्षेत्रकै हुने अनुमान गरिएको छ।

घाइतेहरूलाई उद्धार गरी सोताङ अस्पताल पठाइएको छ। घटनापछि वाकु प्रहरी टोलीले तत्काल उद्धार कार्य सुरु गरेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरीका नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।