Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


विपिनको शव आज नेपाल ल्याइँदै


247
Shares

काठमाडौं ।
हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका नेपालका विपिन जोशीको शब आज दिउसो नेपाल आइपुग्दैछ ।

इजरायल सरकारले हिजो तेल अभिभमा विशेष समारोह आयोजना गरि सम्मानको साथ विपिनको शब नेपाल पठाएको हो । फलइ दुबाईको विमानबाट आज दिउसो दुई बजेर २० मिनेट जाँदा जोशीको शब काठमाडौं आइपुग्नेछ ।

प्रधानमन्त्री सुशीला कार्की तथा अन्य मन्त्रीहरुले विमानस्थल पुगेर जोशीप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्ने कार्यक्रम छ । त्यस लगत्तै जोशीको शव अन्तिम संस्कारको लागि उहाँको गृहजिल्ला कञ्चनपुरको महेन्द्रनगर पठाईनेछ ।

इजरायली सरकारको लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत ईजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज अलुमिमबाट अपहरण गरी बन्धक बनाएको थियो ।

इजराल–हमास युद्धविराम पछि गत शाता सम्पूर्ण जिवित तथा मृत बन्धकहरुको शब बुझाउनेक्रममा हमास समुहले जोशीको शब इजरायल फर्काएको थियो ।