Logo २१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025


देशभित्रका सबै वामपन्थी मिल्नुको विकल्प छैन: संयोजक दाहाल


468
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले बृहत वामपन्थी एकताकाेआवश्यक रहेको बताउनुभएको छ।

काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत वामपन्थी एकताको आवश्यकत्ता रहेको उहाँले बताउनुभयो । समाजवादी मोर्चामा आवद्धहरु छिट्टै एकता घोषणाको तयारीमा रहेको समेत उहाँकाे दावी छ।

देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधिनता रक्षा र सुढृढीकरणको निम्ति देशभित्रका सबै वामपन्थीहरु मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियाे । उहाँले देश ठूलो संकटमा परेकोले राष्ट्रिय संकट, राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य रहेको उल्लेख गर्नुभएकाे छ। यति ठूलो संकट यसअघि कहिल्यै नदेखिएको पनि उहाँले बताउनुभयो।

वामपन्थी शक्तिसँगै देशभक्त लोकतान्त्रिक शक्तिहरुसँग पनि मोर्चाबन्दी गर्ने संयाेजक दाहालले बताउनुभएकाे छ।