Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


फूल खेतीप्रति नवलपुरका कृषकको आकर्षण बढ्याे


221
Shares

नवलपुर । नवलपुरका कृषक व्यावसायीक फूल खेतीतर्फ आकर्षित भएका छन् ।

छोटो समयमै मनग्य आम्दानी हुने भएपछि कृषकहरु धान खेतीको विकल्पका रुपमा फूल खेतीलाई लिन थालेका हुन् । देवचुलीका कृषक वसन्त पोख्रेलको दैनिकी अहिले फूल बगैंचामा बित्ने गरेको छ। पोख्रेलले लगाएका सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारका लागि फूल तयार भइसकेकाले उनको बगैंचामै ग्राहकको भीड बढ्न थालेको छ भने माला समेत त्यहीं बनाएर बिक्री हुने गरेको हाे । बगैंचाबाटै प्रतिमाला १ सय ५० र फूल प्रतिकिलो ६ सय रुपैयाँका दरले बिक्री भइरहेको छ।

भारतीय फूलको आयातलाई कम गर्न र स्वदेशमै फूलको व्यवशायलाई प्रवद्धन गने लक्ष्यका साथ शुरु फूल खेतीले पोखरेललाई उत्साही बनाएको छ। पोख्रेल मात्र होइन नवलपुरकी कृषक पार्वर्ती रानाभाट पनि फूलखेतीबाट राम्रो आम्दानी गर्दे आएकी छन् । व्यावसायीक रुपमै २ कठ्ठामा फूलखेती गरेकी उनको बगैंचाबाट गत वर्ष मात्रै ५५ हजारको बिक्री गरेकी थिइन् । यस वर्ष यो आम्दानी बढ्नेमा उनी ढुक्क छन् । घरमै बसेर फूलखेतीलाई सनरन्तरता दिएकी पार्वतीलाई फूल गोडमेलदेखि गैचा स्याहार र उत्पादित फूलको बिक्रीका लागि बजारको पनि अभाव नहुनुने यसतर्फ आर्षण बढाएको छ।

जिल्लाका स्थानीयतहका कृषि शाखाहरुले फूल खेतीमा लाग्ने कृषकहरुलाई प्राविधिक सहयोग गर्दा कृषक अझै उत्साहीत रुपमा लागेका छन । जिल्लाको देवचुली नगरपालिकामा मात्र गत वर्ष १३ जना कृषकहरुले ६ विघा जग्गामा फूल खेती गरेका थिए । विशेष गरेर अहिले स्थानीयतहहरुले प्लाष्टिकका फूलहरु बिक्री वितरणमा रोक लगाएको र कृषकले उत्पादन गरेको फूल नै प्रयोग गर्नुपर्छ भन्ने सूचना जारी गरेपछि फूल खेती गर्ने कृषक आफ्नो लगानी र परिश्रम खेर नजानेमा ढुक्क छन् ।

कृषि शाखा कार्यालय देवचुलीले पनि कृषकद्वारा उत्पादित फूलहरुको सहज बजारीकरणका लागि गरेको प्रयास फूल खेतीतर्फ आकर्षण बढाउनका लागि कोषेढुङ्गा बनेको देवचुली नगरका कृषि शाखा प्रमुख गगन भट्टराईले बताउनुभयाे। नवलपुरमा उत्पादित फूलहरु बुटवल, नारायणगढ, पोखरा र काठमाडाैंसँगै गत वर्षबाट मुलुक बाहिर हङकङमा समेत फूल निर्यात हुने गरेको छ । छोटो समयमै उत्पादन गर्न सकिने र बिक्रीबाट म कतिपय कृषकहरु धान खेती छोडेर फूलमा लागेका छन् ।

छोटो समयमा राम्रो आम्दानी हुने र लगानी पनि धेरै नलाग्ने कारण पनि जिल्लाका विभिन्न पालिकाहरुमा गरेको व्यावसायी फूलखेती सबैको आकर्षण बनेको हो ।