
काठमाडाैं । नेकपा माओवादी केन्द्रका महाधिवेशन संयाेजक पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताउनुभएको छ।
काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दावी समेत गर्नुभयो । माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ ।
सोही आवाजप्रति लक्षित गर्दै उहाँले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले अरुलाई पनि पद त्याग गर्नको लागि तयार रहन आग्रह गर्नुभएकाे छ।
संयाेजक दाहालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विचलिन नहुन पनि आग्रह गर्नुभयो
प्रतिक्रिया दिनुहोस्