Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


सरकारले निर्वाचन गर्ने भनेर दुनियाँलाई ढाँट्योः अध्यक्ष ओली


390
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर निर्वाचन गराउँछु भन्दै हिंडेर आम-जनतालाई ढाँट्ने काम गरिरहेको उहाँकाे दावी छ। निर्वाचन गराउने सोच सरकारसँग नभएका कारण आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत उहाँले गर्नुभयो ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको उहाँकाे भनाइ छ। अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिवन्ध लगाएपनि आवश्यक परेकाे समयमा देशको कुनैपनि शहरमा घुम्न जानसक्ने बताउनुभयो ।