Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कांग्रेसकाे केन्द्रीय कार्य-समितिकाे बैठक आज पनि बस्दै


325
Shares


काठमाडाैं।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार पनि बस्ने भएकाे छ।

साेही बैठक पार्टी कार्यालय सानेपामा शनिबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे। गत असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा विभिन्न प्रस्तावहरूमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ ।

यसअघि शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा। गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा.चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका थिए ।

त्यसैगरी आमन्त्रित सदस्य नारायणी रायमाझी र आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर-सुदूरपश्चिमले पनि बैठकमा धारणा राखेको कांग्रेसले जनाएकाे छ।