Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शेयर बजारमा लगातार ओरालाे यात्रा


221
Shares

काठमाडाैं। हप्ताको अन्तिम कारोबार दिन पनि शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ओरालो लाग्ने क्रम राेकिएन।

उतार चढावबीच बिहीबार बजार परिसूचक नेप्से १८ दशमलव ४० अंकले ओरालो लागेर २ हजार ४ सय ८७ दशमलव १७ विन्दुमा पुगेर थामिएकाे हाे । ३ अर्ब १९ करोड ६२ लाख ९० हजार २ सय १८ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएकाे छ। वाणिज्य बैंक र लगानी समूह नगन्य दरले मात्र हरियो रहेका छन्। बाँकी सबै समूहमा गिरावट आएकाे हाे । अन्य समूहमा २ प्रतिशतमाथिको गिरावट आउँदा बाँकी पनि अधिकांश समूह १ प्रतिशत बराबरीले झरेकाे छ।

३ सय ११ स्टकको ७६ लाख ४३ हजार कित्ता शेयर ३ अर्ब २७ करोडमा किनबेच भएको हाे। जसमध्ये १ सय ९७ स्टकको मूल्य घट्दा जम्मा ४५ को बढ्यो । घटेको बजारमा पनि हिमालयन पावर पार्टनरको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा समाज लघुवित्तका लगानीकर्ताले सबै भन्दा उच्च १० प्रतिशत गुमाएका छन् ।

मुक्तिनाथ विकास बैंकको सबै भन्दा उच्च १५ करोड ३० लाख रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे हाे ।