Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


विशेष महाधिवेशनको हस्ताक्षरसहितको माग आए पद छोड्न तयार छुः अध्यक्ष लिङ्देन


507
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताउनुभएको छ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभयो ।

राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उहाँको भनाइ छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष लिङ्देन केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताउनुभएकाे छ। राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आएका हुन् ।

अध्यक्ष लिङ्देनले उनीहरुलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिनुभयाे ।