Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक


169
Shares

काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ।

दिउँसो २ बजेबाट अनाधिकृत पहुँच भएको काउन्सिलले जनाएको छ। रजिष्ट्रार डा. सतिस कुमार देवका अनुसार वेबसाइट ह्याक भए पनि डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको छ।

ह्याकिङबाट केही फाइलहरू प्रभावित भए पनि डेटा सम्पादन नभएको दाबी गरिएको छ। काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरी फोरेन्सिक अनुसन्धान अगाडि बढाएको छ।

ह्याकरको आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि जारी छ। नयाँ सर्भर स्थापनाका लागि फोरेन्सिक क्लियरेन्सको पर्खाइमा रहेको जनाइएको छ।

Skip This