
काठमाडौं।
कोसी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा आज हल्का वर्षाको सम्भावना छ । बाँकी देशभरको मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
प्रतिक्रिया दिनुहोस्