
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस प्रकारको अवस्था कुनैपनि समयमा आउनसक्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्य समितिको बैठकलाई मंगलबार केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी युवाले गत भदौ २३ र २४ गते गरेकाे आन्दाेलन सिंगो मुलुक जलेको समयमा आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको बताउनुभयो । घरमा तोड्फोड, लुटपाट र आगजनी गरिएको समेत उहाँले बताउनुभएकाे छ।
सभापति देउवाले आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको बताउनुभयो । आफ्नो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिंदा यस किसिमका अवस्था जुनसुकै समयमा पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्ने उहाँकाे तर्क छ।
सभापति देउवाले पछिल्लो घटनाक्रम देश, पद्धति र पार्टीमाथिको आक्रमण भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्