Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


विपिन जाेशीकाे शव परीक्षणका लागि फरेन्सिक ल्याबमा राखियाे

युद्धको शुरूमै विपिनकाे हत्या भएकाे आइडीएफकाे अनुमान

1.7k
Shares

काठमाडौं । इजरायली सेनाले नेपाली विद्यार्थी विपिन जोशीको शव ल्याइएको बारेमा परिवारलाई सूचीत गरेको छ।

हमासले हस्तान्तरण गरेका विपिनसहित ४ जनाको परिवारलाई सूचना दिएको हो । आइडीएफका अनुसार अन्य २ जनाको परिवारले नाम प्रकाशनका लागि अनुमति दिएको छैन । विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । युद्धको पहिलो महिनामा नै हत्या गरिएको हुन सक्ने अनुमान समेत आइडीएफले गरेको हाे ।

अर्का मृतक गायलाई नोभा म्युजिक फेस्टिभलमा भागेपछि हामासले जिउँदै घाइते अवस्थामा अपहरण गरेको थियो । कैदमा रहँदा उचित चिकित्सा उपचार नपाएर उनको मृत्यु भएको जनाइएको छ । मृत्यु हुँदा नोभा २६ वर्षका थिए । राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्ने छ । आइडीएफले परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको हाे।

हामासले सम्झौताको आफ्नो हिस्सा पूरा गर्नुपर्ने र सबै बन्धकहरूलाई उनीहरूका परिवार र उचित दाहसंस्कारका लागि फिर्ता गर्न आवश्यक प्रयास गर्नुपर्ने कुरामा जोड दिंदै आइडीएफले सबै बन्धकहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास जारी राखेको जनाएको छ ।

हमासले साेमबार विपिनसहित ४ जनाको शव हस्तान्तरण गरेको थियो। साेही शवलाई अहिले परीक्षणका लागि फरेन्सिक अस्पतालमा राखिएको छ।