Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


एमालेको केन्द्रीय कमिटी बैठक भाेलि बस्दै

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिंने

429
Shares

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले साेही बैठक बुधबार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बस्ने जानकारी गराउनुभएकाे हाे । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची तय गरिएकाे उहाँकाे भनाइ छ।

बैठकमा आगामी पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताउनुभयाे।एमालेको यहि असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियाे ।