Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


मधेश प्रदेशका मुख्यमन्त्री सिंहले पदबाट दिए राजीनामा


884
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएकाे छ।

प्रदेश सभा बैठकलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गर्नुभएकाे हाे।मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो । मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मत सम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिनुभएकाे थियाे ।

प्रदेश सभामा राजीनामा दिंदै उहाँले बैठकको सम्बोधनमा आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउनेदेखि स्पष्टीकरण सोधेर गरेको चरित्रहत्यासम्मको चर्चा भएकाे गुनासाे गर्नुभयाे। मन्त्री सिंहले आफ्नो कार्यकालमा ७१ दशमलव ४८ प्रतिशत खर्च गरेर मधेश प्रदेशको इतिहासमै सबै भन्दा बढी खर्चको रेकर्ड राखेको चर्चा गर्नुभयाे।

स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त गर्न हरसम्भव पहल गरेको मन्त्री सिंहले दावी गर्नुभएकाे छ।