Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


जेनजी आन्दोलन: देश अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढ्याे


676
Shares

काठमाडाैं। जेनजी युवाकाे आन्दोलन पछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ।

पछिल्ला यी घटना र परिघटनाले मुलुक अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढेको हाे । अन्तरिम सरकार बनेको एक महिना पुगेसँगै अनेक टिका टिप्पणी पनि भइरहेका छन् । सरकार बनेपछिको यस अवधिमा सामाजिक सञ्जालमा के कस्ता टिप्पणीहरु भइरहेका छन् त ?

सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक विश्लेषक मुमाराम खनाल लेख्नुहुन्छ, समस्या सगरमाथा भन्दा अग्ला छन्। सरकार भाँडाकुडी खेल्ने स्तरको छ । राज्यका हरेक संस्थाहरू भत्किएका छन्। संस्थागत नेतृत्वको मनोबल सून्य छ। दलहरू रित्तिएका छन् र उनीहरूका शिर्ष नेताहरू सिद्धिएका छन्। बौद्धिक जमात खुईलिएको छ। पूरै समाज विघटनमा छ। लौ है, यो सामूहिक राष्ट्रिय असफलताको खाडलबाट नेपाललाई निकाल्न आ-आफ्नो ठाउँबाट पहल गरौं। मुलुक आम अराजकताको ’ब्लैक–होल’मा फस्दैछ। सबै मिलेर निर्वाचनमा जाने माहौल सिर्जना गरौं। अर्को उपाय छैन।

त्यसैगरी सामाजिक सञ्जालका चर्चित व्यत्तित्व पूर्व प्रशासक भीम उपाध्यायले समेत राजनीतिज्ञ तथा नेताहरुको खिल्ली उडाउदै फेसबुकमा लेख्नुहुन्छ, कानूनकै ज्ञाता पूर्व प्रधानन्यायाधीश प्रम हुँदा चर्चित वकिल गृहमन्त्री, पूर्वन्यायाधीश कानूनमन्त्री हुँद पनि कुन कानून लगाएर हत्यारा पूर्वप्रम, पूर्वगृहमन्त्रीलाई पक्राउ गर्ने भन्ने थाहा रहेनछ। कपाल पाकेर मात्र पाको भइदैन, विवेक पाकेको हुनुपर्छ, बाहिर बसेर चिच्याएजस्तो राजकाजमा ऑत बलियो हुनुपर्छ। यो सरकारले बरू कसरी कुन कानूनको कुन दफा लगाएर पक्राउ गर्न सकिन्छ महा अनुभवी ओली र लेखकलाई भेटेर सल्लाह लिए हुन्छ।

यता ट्विटरमा धुव्र अधिकारी लेख्नुहुन्छ, नेपाली कांग्रेस निकट एक सुत्र भन्छ, शेर बहादुर देउवाले घर नछाडेको रुपैयाँ पैसाको मोहले हैन, ओलीले पदत्याग गरेकोले धारा ७६ अनुसार प्रम हुन राष्ट्रपतिको निम्तो आउछ भनेर हो, पदप्रतिको अकल्पनीय आसक्तिको जल्दो-बल्दो दृष्टान्त भनेर उहाँले ट्विट गर्नुभएकोछ।
ट्विटरमै श्रेया नामबाट निर्वाचन आयोगको काठमाडौं कार्यलयमा मतदाता नामावली दर्ता गर्न हरेक दिन जम्मा ८ सय कोटा ? भन्दै प्रश्न गर्नुभएकोछ, खल्तिबाट नियुत्त गरिएका झोले र हनुमान नहटाएसम्म केही हुन्न, नामै दर्ता गर्न नपाए भोट कसरी हाल्नुहुन्छ भन्दै उहाँले वर्तमान सरकारको कटाक्ष गर्नुभएको छ।

अर्का ट्विटरमा सुदीप खनिया लेख्नुहुन्छ, सिंहदरबार जल्यो कसरी, स्वार्थ के थाहा पाउन न्यूयोर्क टाइम्स चाहिने, नेपाली मिडिया उसैलाई कोट गरेर समाचार बनाउने, नाकैमुनिको विषयवस्तु पनि अरुले कभर गरिदिनुपर्ने उसको कभरलाई कभर गर्ने, नेताको सुरक्षा दस्ता, नक्कली जलेका बिटा र नयाँ जेनजीको बकबक के यी मात्रै समचार हुन भन्दै पत्रकारलाई समेत घोच्नुभएकोछ।

संविधानविद् निलाम्बर आचार्यले फेसबुकमा लेख्नुहुन्छ, अन्तर्वार्ता हेर्छु, पढ्छु, कतिपय जेनजी युवा नेताहरुले आफ्नो प्रस्तुतिबाट मन जितेको पाउछु, नवयुवा पुस्तामा योग्य सक्षम, प्रशिक्षित र संयसमत नेताहरु पनि देख्दा शुशी लाग्छ। क्षमता अनुभव र योगदान बढ्दै जाओस शुभ होस भनि अहिलेको जेनजी युवाको साहसलाई सकारात्मक रुपमा लिनुभएकोछ।

त्यसैगरी साहित्यकार तथा कवि अर्जुन पराजुलीले फेसबुकमा मान्छे बहुलाएपछि उसले मान्छेको रगतलाई पनि होलीको रंग देख्छ भनेर व्यग्यात्मक टिप्पणी गर्नुभएको छ।