Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


सरकारी सरह सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्स आन्दोलित


143
Shares

काठमाडाैं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् ।

सरकारी मापदण्ड भन्दा कम तलब भत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरुको तलव १५ देखि २० हजार रुपैयाँ मात्रै तलब भत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचाैं तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ ।

विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरु ‘हामी नर्स हौं, मेसिन होइनौं, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक-पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो । बिरामीहरुको असुविधाको लागि माफी माग्दै उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उहाँको अडान छ ।

उहाँले भन्नुभयो,-‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’

नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उहाँको माग छ । यता अस्पताल स्रोतले भने तत्काल नर्स तथा स्वास्थ्य कर्मचारीको तलब पुनरावलोकन गर्ने अवस्था नरहेको बताउनुभयो । अस्पतालका कमजोर आर्थिक अवस्थाका बाबजुद गण्डकी प्रदेशमध्ये सबै भन्दा राम्रो सेवा सुविधा दिने प्रयास गरेको पनि नर्स फगामीकाे भनाइ छ।

उहाँले भन्नुभयो,- ‘नर्सहरुलाई पाँचौं तहका कर्मचारी सरहको तलब भत्ता दिनु त राम्रो पक्ष हो । तर अहिले अस्पतालको जुन अस्पताल छ यसको कारणले आजकै दिनमा हामीले नर्समात्रै होइन कुनैपनि स्वास्थ्य कर्मचारीको तलब रिभाइज गर्न सकिने अवस्था छैन । तर पनि हामीले अहिले प्रदेशभरीको सबै भन्दा बेस्ट सेलरी अफर गरेका छौं । उहाँहरुलाई कसरी राम्रोभन्दा राम्रो सेवा दिएर अघि बढ्ने भन्ने कोशिसमै रहेका छौं ।’

नर्सहरुलाई राम्रो सेवा सुविधा दिएर मुलुकमै काम गर्ने वातावरण निर्माण अस्पताल सधैं प्रतिवद्ध भएर लागिपरेको नर्स फगामीको दावी छ।