Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


मधेश प्रदेशमा शिक्षा मन्त्री तिवारीले पदबाट राजीनामा दिइन् (राजीनामा पत्रसहित)


559
Shares

काठमाडौं। मधेश प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्री तिवारी सोमबार पदबाट राजीनामा दिनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री सिंहले बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेको समयमा मन्त्री तिवारीले राजीनामा दिनुभएको हो। लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट कांग्रेस, एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।