Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आफ्नो कब्जामा रहेका सबै जीवित कैदीबन्दी रेडक्रसलाई बुझाइसक्याे: हमास

मृतक कैदीबन्दीको शव पनि बुझाउने हमासकाे तयारी

10.3k
Shares

एजेन्सी। प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले आफ्नो कब्जामा रहेका सबै जीवित कैदीबन्दी रिहा गरिसकेकाे जनाएकाे छ।

हमासले मृतक बन्धकको शव केही समयपछि हस्तान्तरण गर्ने बताएकाे हाे। हमासले सोमबार पहिलो चरणमा ७ र दोस्रो चरणमा १३ जना गरी २० जना कैदीबन्दी रेडक्रसलाई बुझाएकाे छ। रेडक्रसका अधिकारीहरू रिहा गरिएका कैदीबन्दी लिएर इजरायल पुगिसकेका छन्।

इजरायली सेनाले हमासद्वारा रिहा गरिएका कैदीबन्दीआइसकेको जनाएको हाे। शान्ति प्रक्रियाका लागि भएको सम्झौता अनुसार अब इजरायलले प्यालेस्टिनी कैदी रिहा गर्ने भएकाे छ । इजरायलले २ सय ५० जना प्यालेस्टिनी कैदी र गाजामा उसको नियन्त्रणमा रहेका १ हजार ७ सय भन्दा बढी बन्दी रिहा गर्ने जनाएकाे हाे ।

Skip This