Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


लमजुङमा अरिङ्गालले टोकेर एक जना वृद्धको मृत्यु


273
Shares

काठमाडाैं । लमजुङमा अरिङ्गालले टोकेर घाइते भएर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेंसीसहर नगरपालिका-११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा आइतबार राति उपचारका क्रममा मृत्यु भएको हाे। बाटोमा हिँड्ने क्रममा केही व्यक्तिले अरिङ्गालकाे गाेलाेमा चलाएका कारण टोकेर तिवारी घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङले तिवारीको मृत्यु भएको तथा शव परीक्षण चितवनमा नै हुने र त्यहींबाट परिवारले बुझ्ने जनाएकाे छ।