Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


इजरायल पुगे अमेरिकी राष्ट्रपति ट्रम्प


858
Shares

काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। हमास र इजरायलबिच बन्दी साटासाटको प्रक्रिया सुरु भएको दिनमै ट्रम्प इजरायल पुगेका हुन्।

अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनका अनुसार, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले इजरायली संसदमा सम्बोधन गर्ने तयारीसमेत गरिएको छ।

७३८ दिनपछि हमासले इजरायली बन्धकहरूको हस्तान्तरण सुरु गरेको छ। यो प्रक्रिया ट्रम्पकै पहलमा सम्भव भएको बताइएको छ। हालको द्वन्द्वलाई थोरै भए पनि विराम दिन र बन्धकहरूको रिहाइ प्रक्रिया अघि बढाउन ट्रम्पले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

गत बुधबार इजिप्टमा भएको वार्तामा ट्रम्पले सोमबारदेखि बन्धकहरू मुक्त हुने जानकारी दिएका थिए।