Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


312
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ ।

जेनजीसँगको वार्ताको क्रममा स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो ।

एक दिनकाे उपचार पछि उहाँलाई आइतबार डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ । शनिबार नै सेन्टरले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो।